Halleluyah Hosanna Halleluyah (हल्लेलूयाह होसन्ना हल्लेलूयाह)


Scale: A, Meter C

कोः हल्लेलूयाह होसन्ना हल्लेलूयाह (४)

    १. परमपिताको स्तुति गाऔं, हामीलाई बचाउने उनै हुन्
    सबै पापीलाई गर्छन् क्षमा, सबै रोगीलाई गर्छन् चङ्गा ।

    २. धन्यवाद दिई उनको आसनमा, आनन्द भई आऊ उनको चरणमा
    सङ्गीत गाउँदै खुसीले मुक्तिको पहरामा जयजय गरौं ।

    ३. उनै हुन् हाम्रा परमपिता हामीलाई टिठाउँछन् सर्व सदा
    कालो बादलको पर्दाजस्तो पापलाई हटाइदिन्छन् सदा ।

    ४. आमाले झैँ उनले शान्ति दिए दुनियाँको डरमा छोडेनन् कैले
    चोखो दूध वचनको पियाई जीवन अमर दिए उनले ।

    ५. गोठालोले झैँ खोजी उनले निकाले पापको दलदलदेखि
    प्राण त्यागी बचाए उनले गराए सबलाई आफ्नै अनि ।

    ६. गुँडलाई घरि घरि भत्काइदिए सिकाए हामीलाई उड्न आफै
    पखेटामा उठाई उकाबले झैँ पारेनन् हामीलाई चोट कतै ।


    Discover more from Christian Worship Song Lyrics

    Subscribe to get the latest posts sent to your email.

    Leave a comment