Ishwor Tapai Udekka (ईश्वर तपार्इं उदेकका छौ)


१. ईश्वर तपार्इं उदेकका छौ अपार महान्तमका
सिंहासन शोभा विबखान अघात तेज महिमा ।

२. अथाह तपाईंको अनन्तकाल, हे आफैँआफ ईश्वर
स्वर्गदूतले गर्दछन् दिन रात मान पूजा निरन्तर ।

३. तपाईंको भय म मान्दछु, हे ईश्वर जिउँदो
पछुताई काम्दै काम्दै आस मान पूजा म गर्छु ।

४. तै पनि प्रभु आफैँआफ म पनि प्रेम गर्छु
अँ मेरो अयोग्य मनको प्रेम तपाईंले माग्नुभयो ।

५. तपाईंको प्रेम छ अनुपम, अँ आमा बाबु झैँ
तपार्ईं झैँ छैनन् धीरजी, माफ गर्दा बालकलाई ।

६. हे ख्रीष्टका पिता, प्रेमको मूल परमानन्द हुन्छ यो
स्वर्गलोकमा भोग्नु नित्य वास पाई दर्शन ईश्वरको ।


Discover more from Christian Worship Song Lyrics

Subscribe to get the latest posts sent to your email.

Leave a comment